धादिङ, फागुन ११ — पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौडास्थित सडक खण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार मिति २०८२ साल फागुन ११ गते राति करिब १:३० बजे पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो।
दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, बेनिघाट लगायतका प्रहरी इकाइहरू, नेपाली सेनाको भैरव गण गजुरी, सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको उद्धार टोली तथा स्थानीयवासीको सहकार्यमा तत्काल उद्धार कार्य सञ्चालन गरिएको थियो।
बसमा चालकसहित जम्मा ४४ जना सवार रहेका थिए। जसमध्ये २९ जना पुरुष र १५ जना महिला रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा हालसम्म १९ जनाको मृत्यु पुष्टि भएको छ भने २५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेसी पठाइएको थियो। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर र नेशनल मेडिकल कलेज कलंकी रिफर गरिएको छ।
दुर्घटनाको कारणबारे प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ।
मृतकहरुको विवरणः-
१. Stewart Dominic Ethan नाम भएका वर्ष २४ का पुरुष (British नागरिक)
२. जिल्ला कास्की, पोखरा महानगरपालिका वडा नं.३० बस्ने वर्ष अं.४० को बिबेक बस्तोला
३. जिल्ला स्याङ्जा, वालिङ १४ घर भई हाल जिल्ला काठमाण्डौं नागार्जुन नगरपालिका वडा नं.६ बस्ने वर्ष ६३ का चन्द्र बहादुर कुँवर
४. जिल्ला तनहुँ, व्यास गाउँपालिका वडा नं.४ बस्ने अ. वर्ष ४० का ओम कुमार मल्ल
५. जिल्ला धादिङ, साबिक सल्यानकोट-८ हाल त्रिपुरासुन्दरी गा.पा. ४ बस्ने अ. वर्ष ३० को ईन्जिनियर ठकुरी
६. जिल्ला तनहुँ, शुक्ला गण्डकी गा.पा.-७, मालेबगर बस्ने अ. वर्ष ५५ की विष्णु माया ढकाल
७. जिल्ला काठमाण्डौं क.म.न.पा. ६, बौद्ध टुसाल बस्ने अ. वर्ष ४२ को लोप्साङ गोले
८. जिल्ला तनहुँ, भिमान नगरपालिका वडा नं. ६ बस्ने अ. वर्ष ४५/४६ को हरि प्रसाद सिग्देल
९. जिल्ला पाल्पा, तानसेन नगरपालिका वडा नं. २ बस्ने अ. वर्ष ५५ को नबिन्द्र श्रेष्ठ
१०. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ वर्षको पुरुष (काठमाण्डौं स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु)
११ हाल नामथर, वतन नखुलेको अ. वर्ष ४९/५० को पुरुष व्यक्ति
१२. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३०/३२ को पुरुष व्यक्ति (दाहिने हातको नाडीमा Roheeit लेखिएको Tattoo)
१३. हाल नामथर, वतन नखुलेको अ. वर्ष २९/३० को पुरुष व्यक्ति(दाहिने हातको नाडीमा चमेरो र गितारको Tattoo)
१४. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१५. हाल नामथर, वतन नखुलेको अ. वर्ष २६/२७ की महिला
१६. हाल नामथर, वतन नखुलेको अ. वर्ष ५०/५१ को पुरुष व्यक्ति
१७. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३४/३५ की महिला
१८. हाल नामथर, वतन नखुलेको अ. वर्ष ३० की महिला
१९. हाल नामथर, वतन नखुलेको अ. वर्ष ४५ की महिला
घाईतेहरुको विवरणः-
राष्ट्रिय ट्रमा सेन्टर काठमाण्डौंमा उपचार भई रहेका घाईतेहरु
१. जिल्ला काठमाण्डौं, का.म.न.पा. ६ बस्ने वर्ष अं.४८ कि एन्जी शेर्पा,टाउकोममा चोट,(अबस्था मध्यम)
२. जिल्ला झापा, अर्जुनधारा ६ बस्ने वर्ष अं. ३० को बिबेक मान्नधर टाउकोमा चोट (अवस्था मध्यम)
३. जिल्ला काठमाण्डौं, गोकर्ण बस्ने वर्ष अं. २८ कि पुजा फुयाल टाउकोमा चोट (अवस्था मध्यम)
४. जिल्ला तनहु शुक्लागण्डकी गा.पा. ४ बस्ने वर्ष अं. ४५ को सोम प्रसाद मल्ल टाउकोमा चोट (अवस्था मध्यम)
५. जिल्ला स्याङ्जा २ बस्ने वर्ष अं. २६ को सतिन्द्र सुनार टाउकोमा र खुटामा चोट (अवस्था मध्यम)
६. देश China बस्ने वर्ष अं.१२ कि लिसी हाबु टाउकोमा चोट (अवस्था मध्यम)
७. जिल्ला स्याङ्जा, आदिखोला गा.पा.२ बस्ने वर्ष अं.२१ को प्रदिप लामिछाने टाउकोमा र छातिमा चोट (अवस्था मध्यम)
८. जिल्ला काठमाण्डौं, बौद बस्ने बर्ष अं. ५० को नर्बु पाल्डेन टाउकोमा र ढाडमा चोट (अवस्था गम्भिर)
९. जिल्ला तनहु, म्याग्दी गा.पा. ६ बस्ने बर्ष अं.४४ को मान बहादुर थापा,अनुहारमा चोट (अवस्था मध्यम)
१०. जिल्ला कास्की, पोखरा महानगरपालिका १९ बस्ने बर्ष अं.१९ कि सलिना परियार (अवस्था मध्यम)
११. जिल्ला तनहु ब्यास गा.पा. ५ बस्ने बर्ष अं. ३८ कि सुकमाया श्रेष्ठ टाउको र ढाडमा चोट (अवस्था मध्यम)
१२. जिल्ला तनहु शुक्लागण्डकी गा.पा. १२ बस्ने बर्ष अं.१९ कि सदिक्षा हमाल टाउकोमा चोट (अवस्था मध्यम)
१३. जिल्ला संखुवासभा धर्मदेबी ५ बस्ने वर्ष अं. २७ कि सोर्निमा खत्री ऋडमा चोट (अवस्था मध्यम)
१४. जिल्ला ललितपुर, इमाडोल बस्ने वर्ष ३५ को कृतराज मानन्धर टाउकोमा चोट (अवस्था मध्यम)
नेशनल मेडिकल कलेज कलंकी काठमाण्डौंमा उपचार भई रहेका घाईतेहरु
१. जिल्ला धादिङ, त्रिपुरासुन्दरी गा.पा.२ बस्ने वर्ष अं.१९ को संगम मल्ल,टाउकोमा भित्री चोट,(अवस्था मध्यम)
२. जिल्ला कास्की पो.म.न.पा. ३० बस्ने वर्ष अं.३० कि प्रमिला भटराई बास्तोला,टाउको र अनुहारमा चोट,(अवस्था मध्यम)
३. जिल्ला तनहुँ, शुक्लागण्डकी गा.पा.४ वस्ने बर्ष अं.१८ को सुबिन मल्ल (अबस्था मध्यम)
४. जिल्ला स्याङ्जा फेदिखोला गा.पा.४ बस्ने वर्ष अं.६४ को डम्बर बहादुर बि.क.,टाउकोमा चोट (अवस्था मघ्यम)
५. जिल्ला कास्की पो.म.न.पा.२७ बस्ने वर्ष अं.३५ प्रतिक पौडेल खुट्टा,बाँया हातमा चोट (अवस्था मघ्यम)
६. जिल्ला पुर्बी नवलपरासी कावासोती न.पा.२ बस्ने वर्ष अं.२५ को कृष्ण तिवारी,टाउको र ढाडमा चोट (अबस्था गम्भिर)
७. जिल्ला कास्की पो.म.न.पा.३२ बस्ने वर्ष अं.२४ को संगम गुरुङ,नाक र आखाँमा चोट (अवस्था मध्यम)
८. जिल्ला धादिङ धुनेबेशी न.पा.४ बस्ने वर्ष अं.२४ को राजेन्द्र बिसुन्खे,बाहिरी चोट नभएको (अवस्था मध्यम)
९. जिल्ला काठमाण्डौं का.म.न.पा.१० बस्ने वर्ष अ.३० को चन्द्र फुयाल,टाउको र दुया खुटामा चोट,अबस्था मध्यम ।
१०. काठमाण्डौं सितापाईला बस्ने वर्ष अं. ३३ को राजेश कवर टाउको र ढाडमा चोट, (अवस्था गम्भिर)
टिचिङ अस्पताल मलेखु:-
१. देश New Zealand बस्ने वर्ष अं.२७ कि MARI EVAIDE, बाहिरी चोट नभएको (सामान्य घाईते)






