काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) ले रिक्त रहेका चार समानुपातिक सांसदको नाम टुंगो लगाएको छ।
बैठकले खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली र खस आर्य महिलातर्फ खुश्वु ओलीलाई सिफारिस गरेको छ। त्यस्तै जनजाति महिलातर्फ धादिङकी सरस्वती लामाको नाम चयन गरिएको छ।
सरस्वती लामाको चयनसँगै भने पार्टीभित्र र बाहिर विशेष चर्चा सुरु भएको छ। उनी राप्रपाका उपाध्यक्ष बुद्विमान तामाङ की श्रीमती हुन्। यससँगै राप्रपामा ‘श्रीमान् पछि श्रीमती’ले संसदीय यात्रा तय गर्ने संयोग जुरेको छ।
सरस्वतीका श्रीमान् तामाङ २०७९ को निर्वाचनमा आदिवासी जनजाति समूहबाट समानुपातिक सांसद बनेका थिए। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन बनेपछि उनी संसदीय दलको उपनेता समेत भएका थिए। यसपटक भने सोही समूह र सोही जिल्लाबाट उनकी पत्नी सरस्वतीलाई अवसर दिइएको हो।
राप्रपाका प्रभावशाली नेता तामाङ धादिङबाट २०४८, २०५१ र २०५६ सालमा प्रत्यक्ष निर्वाचित हुँदै तीनपटक सांसद भइसकेका छन् भने पटक–पटक मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन्।
राप्रपामा श्रीमान् पछि सांसद हुने पालो श्रीमतीको
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






