बाबुराम फ्युबा , धादिङ
साईकोग्राफिक प्रोफाइलिङ (Psychographic Profiling)
साईकोग्राफिक प्रोफाइलिङ भनेको व्यक्तिको स्वभाव, रुचि, विचार, मूल्य, व्यवहार, भावना र व्यक्तित्वको आधारमा उसको मनोवैज्ञानिक ढाँचा तयार गर्ने विधि हो । यसलाई राजनीतिक प्रचार, विज्ञापन, बजार अनुसन्धान र सामाजिक प्रभाव पार्ने अभियानमा प्रयोग गरिन्छ । साईकोग्रफिक प्रोफाईलिङको अध्ययन सन् १९६० को शुरूवाती दशकदेखि उपभोक्ताको स्वभावको अनुसन्धानबाट शुरू भएको पाईन्छ । पहिले जनसांख्यिकीय तथ्य उमेर, लिङ्ग, पेशा, शिक्षा जस्ता बिषय वस्तुहरूलाई समेटेको पाईन्छ । अहिले मानिसको मनिवैज्ञानिक विशेषता बुझ्ने र त्यही अनुरूपले प्रभाव पार्ने सूचकको रूपमा प्रयोग गरिएको पाईन्छ । यो आधुनिक डिजिटल युगमा आएपछि अझ शक्तिशाली बनेको छ किनकी सामाजिक सञ्जाल, अनलाईन व्यवहार, लाईक, कमेन्ट, सर्च ईतिहास जस्ता व्यक्तिगत अभ्यासहरूको जानकारी प्रयोग गरेर व्यक्तिको मनोभावनात्मक प्रोफाईल बनाउन सकिन्छ । यस अवधारणालाई संस्थागत रूपमा प्रयोग गर्ने मुख्य संस्था क्याम्ब्रिज एनालाटिका देखिन्छ । जसले लाखौ फेसबुक प्रयोग कर्ताहरूको डेटा प्रोग गरी चुनावी प्रचारमा मनोवैज्ञानिक लक्षित प्रचार प्रसार गरेको आरोप समेत पाईन्छ भने विश्वको २०० भन्दा बढी चुनावहरूमा प्रभाव पारेको पाईन्छ । त्यसरी नै सन् २०१६ मा बेलायत ईयुबाट बाहिर गराउन समेत यसको राम्रै भूमिका रहेको समेत भनाई रहेको छ । त्यस बेलाको घटनाक्रमहरूलाई विश्लेषण गर्दा बेलायतमा मतदाताहरूको मनिवैज्ञानिक प्रोफाईलिङ गरेको, स्वभाव वा रूची अनुसारको सूचना प्रवाह गरेको, डर, त्रास, स्वास्थ्य समस्या, आप्रवासन समस्या, बेरोजगार समस्या जस्ता भावनामा आधारित विषय वस्तुहरूलाई मुख्य बिषय बनाई प्रचार गरेको पाईन्छ ।
८ सेप्टेम्बर २०२५ मा नेपालमा घटेको जेन-जी घटना र घटनापछि भएको चुनाबमा समेत साइकोग्राफिक प्रोफालिङ अल्कोरिदमको प्रयोग भएको बिषयले राम्रै चर्चाले पाएको छ । यसको कुनै आधिकारीक प्रमाणहरू अझै बाहिर आएको छैन । नेपालमा जुन किसिमको आन्दोलन भयो र त्यसपछिको परिणामहरूको विश्लेशण गर्ने हो भने आधुनिक आन्दोलनहरूमा साईकोग्राफिक प्रविधि प्रत्यक्ष नभए पनि अप्रत्यक्ष रूपमा प्रयोग हुन सक्छ, जस्तै: सोशल मिडिया एल्गोरिदमले भावनात्मक सामग्री बढाउने, युवाहरूलाई लक्षित सन्देश फैलाउने, राजनीतिक वा सामाजिक समूहले डिजिटल प्रचार गर्ने गरेको पाईन्छ । नेपालमा जुन आन्दोलन भएको थियो त्यसमा प्रत्यक्ष जनसरोकारका बिषयहरू सामाजिक सञ्जाल बन्द गरेको, भ्रष्टचार, शुशासन, बेरोजगार र परम्परागत राजनीतिक असन्तुष्टि प्रमुख थियो । डिजिटल युगमा कुनै पनि आन्दोलनमा स्वतःस्फुर्त र डिजिटल प्रभाव दुवैको मिश्रण हुने सम्भावना त्यतिकै रहन्छ । केवल प्रोग कर्ताले कुन हदसम्म कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुराले निर्धारण गर्दछ । यसैले नेपालको जेन-जी आन्दोलनमा साईकोग्राफिक प्रोफाइलिङ प्रयोग भएको प्रमाण स्पष्ट नभए पनि विश्वभर प्रयोग हुने प्रविधि भएकाले डिजिटल मनोवैज्ञानिक प्रभावको सम्भावना नकार्न सकिँदैन भन्ने विश्लेषकहरूको धारणा छ ।
निष्कर्षः साईकोग्राफिक प्रोफाइलिङ सन् १९६० दशकको मनोवैज्ञानिक बजार अनुसन्धानबाट शुरू भई आधुनिक डिजिटल युगमा अत्यन्त शक्तिशाली उपकरण बनेको छ । यसलाई बेलायत ईयुबाट अलग गराउने जस्ता राजनीतिक घटनामा प्रयोग भएको आरोपबाट समेत अक्षुत रहन सकेन, त्यसरी नै आधुनिक युवा आन्दोलनहरूमा अप्रत्यक्ष प्रभाव सम्भव बढी देखिन्छ । यसले देखाउँछ कि आजको राजनीति केवल विचारको लडाइँ होइन डेटा र मनोविज्ञानको पनि लडाइँ हो ।






