काठमाडौं , ११ चैत्र २०८२
प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका रूपमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ गराएका हुन्।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका थिए। ७८ वर्षीय केसी अब प्रतिनिधि सभाको प्रारम्भिक प्रक्रियामा महत्वपूर्ण भूमिकामा रहनेछन्।
राष्ट्रपतिबाट शपथ लिएपछि केसीले चैत १२ गते प्रतिनिधि सभाका २७४ सदस्यलाई शपथ गराउने कार्यक्रम तय भएको छ। सभामुख चयन नहुँदासम्म प्रतिनिधि सभाको बैठकको अध्यक्षता पनि उनले नै गर्नेछन्।
उक्त निर्वाचनमा प्रत्यक्ष प्रणालीबाट १६५ र समानुपातिक प्रणालीबाट ११० जना सांसद निर्वाचित भएका छन्।






