काठमाडौँ ,१७ चैत २०८२
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छविलाल रिजाललाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान बानेश्वरस्थित निवासबाट उनलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख ईश्वर कार्कीले जानकारी दिए। उनका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले रिजाललाई पक्राउ गरेको हो।
२३ र २४ भदौमा भएको ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जनाइएको छ। यसअघि सोही प्रकरणमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






