धादिङ, १० वैशाख — बागमती प्रदेश सरकारले बागमती प्रदेश सूचना पुनरावेदन समितिको अध्यक्षमा धादिङका अधिवक्ता कृष्णराज अधिकारीलाई नियुक्त गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिकारीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

नव नियुक्त अध्यक्ष अधिकारी लामो समयदेखि कानुनी, सामाजिक तथा शैक्षिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँ नेपाल मानव अधिकार संगठन धादिङका सभापति समेत रहनु भएको छ भने विभिन्न संघ–संस्थामार्फत सामाजिक सेवामा योगदान पुर्यासउँदै आउनु भएको छ।

अधिकारीले शिक्षण पेशामा लामो अनुभव हासिल गर्नुका साथै पछिल्लो समय सञ्चार क्षेत्रमा समेत संलग्न भई जनचेतनामूलक गतिविधिमा भूमिका निर्वाह गर्दै आउनु भएको थियो। उहाँको नियुक्तिसँगै प्रदेशमा सूचना अधिकारको कार्यान्वयन, पारदर्शिता प्रवर्द्धन र सुशासन सुदृढीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रदेश सरकारका अनुसार प्रदेश सूचना पुनरावेदन समितिको प्रभावकारी नेतृत्वमार्फत नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्न तथा सरकारी निकायहरूको जवाफदेहिता बढाउन आयोगले सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।

नियुक्तिपछि अधिकारीले सूचना अधिकारको प्रभावकारी कार्यान्वयन र जनताको सहज पहुँच सुनिश्चित गर्न आफू प्रतिबद्ध रहने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0