बिश्वास सिलवाल

धादिङ, असार १३ ,२०८३

नीलकण्ठ बहुमुखी क्याम्पसको स्टुडेन्ट क्वालिटी सर्कल र नेपाली विभागको संयुक्त आयोजनामा मिति २०८३ असार १२ गते काठमाडौँमा मञ्चन गरिएको “सेतो धरती” नाटक अवलोकनका लागि एकदिने शैक्षिक भ्रमण सम्पन्न भएको छ।

स्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष युसुफ तामाङको नेतृत्वमा विद्यार्थीहरूलाई काठमाडौँ लगेर उक्त नाटक अवलोकन गराइएको थियो। नाटकमा नेपाली समाजमा परम्परादेखि चलिआएका कुसंस्कार, सामाजिक विकृति, विसंगति तथा वर्तमान समाजमा रहेका यथार्थ घटनाहरूलाई प्रभावशाली रूपमा प्रस्तुत गरिएको थियो।

स्टुडेन्ट क्वालिटी सर्कलका अध्यक्ष युसुफ तामाङका अनुसार, यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा साहित्य, नाटक र सामाजिक यथार्थप्रतिको बुझाइ अभिवृद्धि गर्नुका साथै समाजमा विद्यमान कुरीति र विकृतिप्रति सचेतना फैलाउनु रहेको हो। उहाँले यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमले विद्यार्थीहरूको सोच, विश्लेषण क्षमता र सामाजिक जिम्मेवारीबोध विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

Screenshot
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0