धादिङ, असार १९ ,२०८३
धादिङ अस्पतालमा नियमित रूपमा सञ्चालन हुँदै आएको Continuing Medical Education (CME) तथा Continuing Nursing Education (CNE) कार्यक्रमअन्तर्गत “Health Insurance Claim Management and Rejection Prevention” विषयक शैक्षिक प्रस्तुतीकरण सम्पन्न भएको छ।
कार्यक्रममा कन्सल्टेन्ट जनरल फिजिसियन डा. धर्मेन्द्र सापकोटा तथा स्वास्थ्य बीमा दाबी (Claim) फोकल पर्सन श्री पवन अर्याल ले सहजीकरण गर्दै स्वास्थ्य बीमा दाबी व्यवस्थापनका विविध पक्षबारे विस्तृत जानकारी प्रदान गर्नुभयो।
प्रस्तुतीकरणका क्रममा स्वास्थ्य बीमा दाबी व्यवस्थापन, दाबी अस्वीकृत (Claim Rejection) हुने प्रमुख कारणहरू, आवश्यक कागजात तथा अभिलेखीकरण, दाबी अस्वीकृति न्यूनीकरणका प्रभावकारी उपायहरू लगायतका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै, स्वास्थ्य बीमा दाबी प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित तथा गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीहरूले अपनाउनुपर्ने व्यवहारिक अभ्यास र प्रक्रियाबारे समेत जानकारी आदानप्रदान गरिएको थियो।
अस्पतालले यस्ता नियमित CME/CNE कार्यक्रममार्फत स्वास्थ्यकर्मीहरूको ज्ञान, सीप र सेवा प्रवाहको गुणस्तर अभिवृद्धि गर्दै स्वास्थ्य सेवालाई अझ प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने उद्देश्य राखेको जनाएको छ।






