काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायका युवालाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा सामाजिक सञ्जालको प्रभावकारी प्रयोगसम्बन्धी निःशुल्क अनलाइन तालिम सञ्चालन गर्ने भएको छ।
प्रतिष्ठानका अनुसार तालिममा एआईको आधारभूत प्रयोग, सामाजिक सञ्जालको प्रभावकारी उपयोग, डिजिटल सामग्री (कन्टेन्ट) निर्माण तथा डिजिटल सीप विकाससँग सम्बन्धित विषयमा प्रशिक्षण दिइनेछ।
तालिम असार ३२ गतेदेखि साउन ६ गतेसम्म पूर्ण रूपमा अनलाइन माध्यमबाट सञ्चालन हुनेछ। यसमा आदिवासी जनजाति समुदायका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सक्नेछन्। अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले देशभरबाट धेरैभन्दा धेरै सहभागीलाई समेट्ने लक्ष्य राखिएको प्रतिष्ठानले जनाएको छ।
तालिममा सहभागी हुन इच्छुकले असार ३१ गते राति १२ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। प्रतिष्ठानले समयमै आवेदन दिई अवसरको सदुपयोग गर्न सम्बन्धित समुदायका युवालाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0