काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सात वटा शाखा समायोजन (Merge) गरी २०८३ साल साउन १ गतेदेखि एकीकृत रूपमा बैंकिङ सेवा सञ्चालन गर्ने भएको छ।

बैंकले सार्वजनिक गरेको सूचनाअनुसार समायोजन भएका शाखाका ग्राहकहरूको बैंक खाता र लकर सुविधा सम्बन्धित नयाँ शाखामा स्वतः स्थानान्तरण गरिनेछ। यससँगै ग्राहकहरूले नयाँ एकीकृत शाखाबाट नियमित रूपमा बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार शाखा समायोजनका कारण ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै सहज सेवा प्रवाहका लागि आवश्यक सबै व्यवस्था मिलाइएको छ।

समायोजन भएका शाखाहरू यसप्रकार छन् :

  • काठमाडौैं
    • कालोपुल शाखा → चाबहिल शाखा
    • कुपन्डोल (कुलेश्वर) शाखा → कालिमाटी शाखा
    • नरदेवी शाखा → पुतलीसडक शाखा
  • ललितपुर
    • जावलाखेल शाखा → बी एण्ड बी शाखा
  • पोखरा
    • चिप्लेढुंगा शाखा → पोखरा सभागृह शाखा
    • बुढीबजार शाखा → पोखरा सभागृह शाखा
    • बगर शाखा → पृथ्वीचोक शाखा

बैंकले सम्बन्धित ग्राहकहरूलाई आफ्नो नयाँ सेवा शाखाबारे जानकारी लिन तथा थप जानकारी आवश्यक परे ०१–५९७००२० वा customercare@sbl.com.np मा सम्पर्क गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0