धादिङबेंसी, असोज १२ ,२०८३
लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले आफ्नो चौथो वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा धादिङबेंसीस्थित लखन पार्कमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आईका डिपार्टमेन्ट चिफ कृष्ण बद्री पौडेल, रिजन चेयर्सपर्सन कृष्णप्रसाद ढकाल ‘शिशिर’, लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीका अध्यक्ष राजाराम रिजाल ,जोन चियर्स पर्सन बद्री अधिकारी , सूर्य मुखीका पूर्व अध्यक्ष बिक्रम बि क नेपाल रेडक्रस धादिङ का कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ ,लायन्स क्लब धादिङ भैरबीका अर्जुन कुमार श्रेष्ठ लागतको सहभागिता रहेको थियो।
क्लबले आफ्नो वार्षिक उत्सवलाई सामाजिक सेवासँग जोड्दै सार्वजनिक स्थलको सरसफाइमार्फत स्थापना दिवस मनाएको हो। कार्यक्रममा लखन पार्क परिसरमा सरसफाइ गर्नुका साथै वातावरण संरक्षण र सार्वजनिक स्थलको स्वच्छताबारे सन्देश प्रवाह गरिएको थियो।
लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीले धादिङमा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबले यसअघि नीलकण्ठ पार्कमा वृक्षारोपण, रक्तदानलगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ।
अध्यक्ष राजाराम रिजालका अनुसार क्लबले आगामी दिनमा पनि धादिङमा सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।






