धादिङ, साउन ११ ,२०८३

धादिङको खनियाबास गाउँपालिका–१ र २  झार्लाङमा उत्पादन हुने बयरे (डल्ले) खुर्सानी आकुरा कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेड नीलकण्ठ नगरपालिका वडा न ८ मा  संकलन गरी काठमाडौंसहित देशका विभिन्न बजारमा पठाउन थालिएको छ।

स्थानीय किसानले उत्पादन गरेको खुर्सानी  लागतका सबै खालको उत्पादित तरकारी  संकलन, छनोट तथा प्याकेजिङ गरी नियमित रूपमा बजारमा पठाउँदै आएको छ। यसबाट किसानले आफ्नै क्षेत्रमा उत्पादनको भरपर्दो बजार पाएका छन् भने उपभोक्ताले ताजा तथा गुणस्तरीय बयरे खुर्सानी  तथा अन्य तरकारी प्राप्त गरिरहेका छन्।

आकुरा कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडका अध्यक्ष शम्भु कुमार श्रेष्ठका अनुसार खनियाबास–१ र २ बाट संकलन गरिएको बयरे खुर्सानी दैनिक रूपमा काठमाडौंका साथै अन्य जिल्लाका बजारमा समेत पठाइने गरिएको छ। सहकारीमार्फत बजार व्यवस्थापन भएपछि किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन् र व्यावसायिक रूपमा खुर्सानी खेती गर्ने किसानको संख्या पनि बढ्दै गएको उहाँले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0