सोमवार, ७ मंसिर २०८३

धादिङकाे गजुरी गाउपालिका वडा नं ६ बन्छेटारमा गुडिरहेकाे ट्रकमा आगाेलागी

५४ पटक पढिएको
WhatsApp Viber X
१ मिनेट पढाइ
अक्षर:

ईश्वर थापा मगर                                                              धादिङ
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा ट्रकमा आगलागी भएको छ । भैरहवाको सुनौलीबाट औषधि बनाउने केमिकल बोकेर काठमाडौ तर्फ आउदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो ।

केमिकलहरु एक आपसमा ठोक्किएर आगो सल्किएको हुन सक्ने चालक सुशील विक बताए । गुड्दा गुड्दै एक्कासी सल्किएको आगो नियन्त्रणमा आउन सकेको छैन । राजमार्गमा दुवै तर्फी सवारी रोकिएको छ । धुनिवेसी नगरपालिकाबाट दमकल आउन ढिला भएकोले पनि आगो नियन्त्रणमा लिन कठिन भएको घटनास्थल आइपुगेका गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो समाचार सेयर गर्नुहोस्: WhatsApp Viber X
प्रकाशक त्रिकोण खबर

त्रिकोण संवाददाता

तपाईंको प्रतिक्रिया

Facebook मार्फत प्रतिक्रिया दिनुहोस्। अशिष्ट वा घृणा फैलाउने प्रतिक्रिया हटाइनेछ।