काठमान्डाै :- देशभरका अशक्त र गरिब नागरिकले स्थानिय तहकाे सिफारिस ल्याए निःशुल्क उपचार सेवा दिने काठमान्डाै महानगरका प्रमुख वालेन शाहले बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै मेयर बालेन्द्र शाहले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब बिरामीलाई आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउन अनुरोध गरेका छन् ।
महानगर भित्रका ४३ अस्पतालमा तीन सय २३ शैया निःशुल्क उपचारको लागि उपलब्ध रहेको जानकारी गराउँदै उनले बिरामीको आवश्यकताअनुसार निःशुल्क उपचार हुने बताएका छन् ।
आवश्यक परे 1180 मा फाेन सम्पर्क गर्न समेत शाहले अनुराेध गरेका छन् ।






