पोखरा । लाईन्स ईन्टरनेस्नल District 325 I को क्याबिनेट बैठक मिति २०८१ भाद्र २८ र २९ गते पोखरामा सम्पन भएको छ । दुई दिन चलेको बैठकमा आज औपचारिक रुपमा उद्घाटन गरि सम्पन गरियो ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश प्रमुख मा. डिल्लीराज भट्टले गर्नु भयो भने सभापति District Governor लायन बिनोद ढुङ्गानाले गर्नु भयो , बिशेष अतिथि LCIF Area Leader लायन राजन लम्साल , IPDG लायन चन्द्र कुमार के सी , पोखरा महानगर पालिकाका मेयर धनराज आचार्य को बिशेष आतिथ्यता रहेको कार्यक्रममा District का प्राय: सबै , जोनका र क्लबका पदाधिकारी र सदस्य गरि १०५० जना सहभागी भएको थियो ।
”Humanity First ” मानबता पहिलो प्राथमिकता भन्ने नाराका साथ आगामी दिनमा समाज सेवाका कार्यहरु लाई अगाडी बढाउने बताउनु भयो District Governor लायन बिनोद ढुङानाले , प्रदेश प्रमुख मा. दिल्लीराज भट्ट र पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले शुभकामना दिदै कम अवसर पाएकाहरुको सेवा गर्नु पनि लाईन्सको उध्येश्य भएको बतानु भयो ।
District 325 I बिश्वभरमा एक नम्बर उत्कृष्ट District हो , यसको २०० भन्दा बढी क्लब रहेको छ भने ५००० भन्दा बढी सदस्य रहेको छ , साढे दुई महिनमा ४८ हजार डलर भन्दा माथी सहयोग जम्मा गरिसकेको छ ।






