असोज २ । आजबाट दिवंगत तितृहरुको सम्झनामा सोह्र श्राद्ध शुरु भएको छ , असोज कृष्णपक्षको प्रतिपदा तिथिबाट शुरु भैई औसीको दिनसम्म सोह्र दिन पितृ पक्ष शुरु हुन्छ र घर घरमा या खोलामा गैई पनि श्राद्ध गर्ने चलन छ्। श्राद्ध गर्दा पितृलाई सम्मान साथ तर्पण , सिदादान र पिण्ड दान गरेर सोह्र श्राद्ध गरिन्छ ।
आ-आफ्नो दिवंगत पितृहरुको तिथि पारेर सोह्र श्राद्ध गरिन्छ ।नेपालमा ठुला चाडबाड दशै , तिहार आउनु भन्दा अगाडि पितृ लाई खुशी पार्नु पर्छ भनेर सोह्र श्राद्ध गरिन्छ ।
आफ्नो बशं पट्टि तीन पुस्ता र मामाली पट्टि तीन पुस्ता गरी ६ वटा पिण्ड दिने र अरुलाई तर्पण दिईन्छ ।अरु बेलाको श्रद्धा लाई एकोदृष्ट श्राद्ध भनिन्छ ।सोह्र श्राद्ध गर्दा समय पनि लामो लाग्दछ ।सोह्र श्राद्धलाई पार्वण श्राद्ध पनि भनिन्छ । सोह्र श्राद्धमा कुशको चारवटा ब्राह्मण थापना गरिन्छ ।
कर्ताको तीन पुस्ता आफ्नो पट्टी र मामाली पट्टी तीन पुस्ताको सम्झना , पिण्डदान र तर्पण दिईएर श्राद्ध गरिन्छ ।






