कृष्ण बद्री पौडेल :- माघ १ गते माघे संक्रान्ती,माघी पर्व हो ,यो पर्व नेपालमा सबै जातजातीले मनाउछन ,तर पनि बिशेष गरेर यो पर्व थारुहरुले महिना दिन सम्म मनाउछन । अन्य जातिमा ,मगर ,तामाङले पनि मनाउछन ,तामाङहरुको नयाँ वर्ष को रूपमा मनाईन्छ ,ल्हो गनिन्छ ,बाह्र वटा ल्हो हुन्छ ,कुकुर ,बिरालो ,सर्प आदि आदि तरिकाले ल्हो गन्ने चलन छ ।
आज भन्दा ४५/५० वर्ष अगाडि कुनै जनावर किन्दा माघे भाका राखेर किनिन्थ्यो ,जस्तो भैंसी ,रागा,गोरु,बोका खसी किन्दा माघे भाकामा किनिन्थ्यो । पैसाको हिसाब गर्दा बीसमा गन्ने चलन थियो ,गोरु भैसीको मुल्य गर्दा तीन बीस ,चार बीस पाँच बीस,छ बीस भनिन्थ्यो , ५०/१०० भनेर गनिदैनथ्यो किनकि पैसा धेरै हुदैनथ्यो ,सामान सङ सामान साटिन्थ्यो ।धान चामल पनि यसरी किन्थ्यो ,धेरै जसो समुदायको माघ महिना बिशेष खालको हुन्थ्यो र हुन्छ ,हिजोआज अलि यो पर्वमा पनि आधुनिकता थपिएको छ , माघे संक्रान्तीमा गोरु जुधाउने,तरुल खाने , खिचडी खाने चलन छ । घ्यू ,चाकु ,तिलौरा ,सेल रोटी , फुलौरा ,माछा मासु खाने चलन छ , आज तामाङ समुदायका झाक्रीहरुले ढ्याङ्रो बजाएर विधि गर्दछन ,मगर समुदायमा पनि रमाइलो गरिन्छ ,आफन्तहरुसङ भेटघाट गर्ने आदि गरिन्छ थारुहरुले विभिन्न कार्यक्रम गरेर एक महिना सम्म यो चाड मनाउछन ।
चिसोबाट बच्न पनि घ्यू ,चाकु,माछामासु खाएका हुन ,माघेसन्क्रान्ती नेपालमा सबै जातजाति भाषा भाषीले मनाउने चलन छ । हिन्दु परम्परामा माघ गतेबाट वर्षा लाग्यो भनेर ब्राह्मण द्वारा मन्त्र सुनाउने चलन पनि छ ,शिदा दान गरिन्छ । माघ १ गतेबाट दिन लामो हुदै जान्छ ।

माघे सन्क्रान्ति एक महत्वपूर्ण पर्व हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1






