धादिङबेशी । एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको ११औँ जिल्ला अधिवेशनवाट अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ चयन हुनुभएको छ। शनिवार धादिङवेसीमा सम्पन्न अधिवेशनले श्रेष्ठ अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा रेखबहादुर गुरुङ र महिला उपाध्यक्षमा सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, सह–सचिवमा विनोद तमु र विरमान तामाङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य निर्वाचित भएका छन् ।
यसैगरी, केन्द्रीय प्रतिनिधिका रूपमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी र श्रीहजुर सिलवाल चयन भएका छन् । प्रदेश प्रतिनिधिमा रिताकुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी र बिरमान तामाङ चयन भएका छन् ।






