ईश्वर थापा मगर
धादिङ, ३० माघ २०८१
जनयुद्ध दिवसको अवसरमा धादिङको गजुरी गाउँपालिकाले भोली फागुन १ गते सार्वजनिक बिदा दिने भएको छ ।
बुधबार गाउँपालिकाले सुचना जारी गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि मिति २०५२ फागुन १ गतेदेखि सुरू गरिएको महान जनयुद्धको स्मरण र सम्मान गर्दै सार्वजनिक विदा दिने निर्णय गरिएको गजुरी गाँउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठद्धारा जारी विज्ञाप्तिमा भनिएको छ ।
मिति २०८१ फागुन १ गते विहीवारका दिन जनयुद्ध दिवसको अवसरमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालयहरू, शिक्षण संस्थाहरू, सङ्घसंस्थाहरू लगायत सबै निकायहरूमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो जारी विज्ञाप्तिमा भनिएको छ ।
स्मरण रहोस् गत वर्षपनि जनयुद्ध दिवसमा विदा दिने विषयमा गाँउपालिका अध्यक्ष र उपाध्यक्षको बेग्ला बेग्लै विज्ञाप्ति निकालेका थिए।






