ईश्वर थापा मगर
धादिङ । धादिङमा एक सय १५ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा महिला उद्यमशीलता उत्सव २०८१ सम्पन्न भएको छ ।  ‘सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ नीलकण्ठ नगरपालिकाको आयोजनामा  महिला उद्यमशीलता उत्सव भएको हो ।

 महिला उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस उत्सवमा स्थानीय महिला उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका सामग्री, बाँसको डोको डालो, ढाकाका आकर्षक कपडाहरु, नेवारी परिकार, अचार, तथा विभिन्न घरेलु उत्पादनहरू बिक्री र प्रदर्शन गरेका थिए।

उत्सवको कार्यक्रमलाई सम्वोधन गदै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले महिला उद्यमशीलताको महत्वलाई जोड दिनुभएको थियो । उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमहरू महत्वपूर्ण हुने बताउँदै आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत रूपमा महोत्सव आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0