धादिङ । धादिङको गजुरी गाउँपालिका वडा नं २ स्थित वित्लव वनमा सल्केको डढेलोका कारण दुई घर जलेर नष्ट भएको छ ।
शनिवार दिउसो करिव चार बजेतिर बित्लव सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा दुई वटा घर जलेर नस्ट भएको हो ।
आगोलागीमा परी चनमती बिश्कर्मा र खुम राज बिश्वकर्माको घर र गोठ पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनु भएको छ ।
आगलागीका कारण तीन वटा बाख्रा जलेर मरेको छ। कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हमालले जानकारी दिनुभयो ।






