धादिङ धादिङका तिन विशेष विद्यालयका बिद्यार्थीहरुलाई झुल तथा बेडसिट (तन्ना) बितरण गरिएको छ । सितल छहारी नेपाल र लाईन्स क्लव अफ धादिङ भैरवीको आयोजनामा झुल तथा बेडसिट वितरण गरीएको हो ।

नीलकण्ठ नगरपालिकाको वडा नं ८ मा रहेको स्वावलम्वी बहिरा आधारभुत विद्यालय , नीलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको बौदिक अपाङग आधारभुत विशेष विद्यालय र नीलकण्ठ नगरपालिका वडा नं ४ मा रहेको आमाको माया छात्रावासका बिद्यार्थीहरुलाई सामाग्री हस्तान्त्रण गरीएको लाईन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष तथा सितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले जानकारी दिनुभयो ।

गर्मीको सिजनमा छात्रावासमा बसेका बिद्यार्थीहरुलाई लामखुट्टेले टोक्नबाट बचाई डेङगो लगायतको रोग लाग्न नदिन झुल र बेडसिट वितरण गरेको सितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेलले बताउनुभयो ।

शुक्रवार धादिङका तीनवटा विशेष विद्यालयलाई ७० थान झुल तथा ७५ थान तन्ना वितरण गरिएको हो । सितल छहारी नेपाल र लाईन्स क्लव अफ भैरवी धादिङले यस अघिपनि विभिन्न सामाग्रीहरु वितरण गरिसकेको छ ।

कार्यक्रममा लाईन्स क्लव अफ धादिङ भैरवीका अध्यक्ष कृष्ण बद्री पौडेल, नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी, वडा नं ३ का वडा सदस्य रोशन कुमार श्रेष्ठ, लाईन्स क्लव अफ धादिङ भैरवीका उपाध्यक्ष बालकृष्ण नेपाली, लाईन्स क्लव अफ धादिङ भैरवीका सदस्यहरु शोभा छत्कुली, सन्ताेष अधिकारी, पुर्षाेतम कोईराला , सितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेल सल्लाहकार विना भट्ट पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0