धादिङ । धादिङको गजुरी गाँउपालिका वडा नं ५ गलौदीमा यही चैत्र १४ गतेवाट तेस्रो रैथाने खाना कृर्षी तथा पर्यटन महोत्सव सुरु भएको छ ।
रैथाने खाना, कृषि र पर्यटन प्रवर्द्धन गर्नका लागि भनेर आयोजना गरीएको महोत्सवमा नखाना छ नत कृर्षि प्रर्दशनी नै छ । छत केवल ७०/८० जना मान्छे । कही स्टलहरु, केहीमा चस्मा, केहीमा साबुन सरर्फ, अधिकांश खाली, एउटामा ट्राफिक प्रहरीको स्टल र एउटामा जापानीज भाषा पढाउने कन्सल्टेन्टको बिज्ञापन ।
कृषि मन्त्री पाएको धादिङले धादिङमै आयोजना भएको कृषि महोत्सवमा न कृषिजन्य उत्पादन पायो न उद्घाटन समारोहमा कृषि मन्त्री नै ।
त्रिशुली किनारा र पृथ्वी राजमार्गको विचमा रहेको गलौदीमा रैथाने खाना, कृषि तथा पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले विहीबारबाट महोत्सव सुरु भएको हो ।
बागमती प्रदेश सरकारका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलले कृषिमा आत्मनिर्भर तथा पर्यटनलाई जोड दिनु पर्ने बताएका छन् ।
कृर्षि पर्यटन स्थानिय उत्पादन विविध जातजातीको संस्कृति लगायतको नारा राखेर मेला महोत्सवहरु लगाउने गरेपनि खासमा मेला महोत्सवहरुलाई ठगी खाने भाँडो बनाउदै आएको स्थानियहरुले गुनासो गरेका छन् ।
‘महोत्सवमा कृषिजन्य उत्पादन एउटा स्टलमा एउटा बन्दा, एउटा मकै र एउटा खुर्सानीको बोट मात्रै रहेको छ । होटलहरुमा विभिन्न परिकार रहेपनि रैथाने परिकारको स्वाद चखाउने एउटै परिकार छैन’ ।
जिल्ला होटल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा कुषिजन्य उत्पादन तथा रैथाने खानेकुरा नहुदाँ उद्घाटनकै दिन पनि महोत्सवमा रहेका ८० प्रतिशत भन्दा बढी स्टलहरु खाली रहेका छन् ।
महोत्सव उद्घाटन समारोहमा शुभकामना दिने प्रायः सबैले रैथाने खानेकुरा, स्थानीय कृषिजन्य उत्पादन, पर्यटन क्षेत्रलाई सहयोग पुग्ने खालका स्टलहरु राख्न सुझाव दिएका छन् । चैत्र १४ गतेदेखि सुरु भएको महोत्सव २४ गतेसम्म चल्नेछ ।






