ईश्वर थापा मगर
धादिङ । धादिङमा शनिबार र आइतबार २२ हजार ५ सय ९९ जना बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो ।
यस्तै ६ महिना देखि २ वर्ष सम्मका बालबालिकालाई ‘बाल भिटा’ पोषणयुक्त आहार दिइँदै छ । यसै अवसरमा ५ वर्ष मुनिका बालबालिका हरुको पोषण अवस्थाको मुल्यांकन गर्न पाखुराको नाप लिने र नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाहरुको खोजी गरि खोप केन्द्रमा खोप लगाउन परामर्श दिइने जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २२ हजार ५ सय ९९ जना , भिटामिन ‘ए’ र उन्नाईस हजार ८ सय चौरान्नवे जना बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको जनस्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत करिश्मा भण्डारीले बताउनुभयो ।
धादिङको १३ वटा स्थानिय तह अन्तर्गत ४ सय पैसठ्ठी केन्द्रहरुवाट महिला स्वास्थ्य स्वयं सेविका मार्फत भिटामीन ए र जुकाको औषधी खुवाईने भण्डारीले जानकारी दिनुभयो ।
बैशाख ६ गते साविक वडाका तोकिएको केन्द्रमा महिला स्वास्थ्य स्वयं सेविकाहरुले भिटामिन खुवाउने र ७ गते छुटेका वालवालिकाहरुलाई घर घरमै गएर भिटामिन र जुकाको औषधी खुवाईने छ ।
धादिङ जिल्लामा प्रयाप्त मात्रामा भिटामीन र जुकाको औषधी सबै वडाहरुमा रहेका ४ सय पैसठ्ठि जना महिला स्वय सेविकाहरुकोमा पुर्याईसकिएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आफ्नो घरबाट नजिक पर्ने केन्द्रमा लगेर बालवालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाउन समेत जनस्वास्थ्य कार्यालय धादिङले अनुरोध गरेको छ ।
सन २००१ देखि हरेक ६÷६ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन थालिएको हो।






