Screenshot

बद्री पौडेल , धादिङ :- साउन  १३ – आज नेपालभर हिन्दू धर्मावलम्बीहरुले श्रद्धा, भक्ति र परम्परागत रीति अनुसार नागपञ्चमी पर्व मनाइरहेका छन्। हरेक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा विशेष गरी नागदेवताहरूको पूजा गरिन्छ।

आजका दिन नागहरूको प्रतीकस्वरूप घरको मूलढोका, भित्तामा नागको चित्र टाँसी दूध, दही, अक्षता, कुश, दुबो र फूल चढाएर पूजा गर्ने परम्परा रहेको छ। काठमाडौंको नागपोखरी, तौमढी (भक्तपुर), नागदह (धापाखेल) लगायतका स्थानमा विशेष मेला लागेको छ।

पौराणिक विश्वास अनुसार नागपञ्चमीका दिन नागको पूजा गर्दा सर्पदंशको भय टर्छ र घरमा समृद्धि आउँछ। धार्मिक मान्यताअनुसार सतयुगमा जनमेजय नाम गरेका राजाले नागवंश नष्ट गर्न सर्प यज्ञ गर्दा तक्षक नाग बचाउन अस्तव्यस्त भएपछिको सम्झनामा यो पर्व सुरु  भएको साथै, कृषि समाजसँग जोडिएको यो पर्वले वर्षाको मौसममा खेतिपातीमा लाग्ने किसानका लागि पनि सांस्कृतिक महत्त्व राख्दछ। आज नागको ( थान)स्थानहरुमा नाग देवता खुशी होस भनि पुजा गर्ने , गाईको दुध चढाउने चलन पनि छ ।

यस वर्ष काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि नाग पूजा गर्नेको भीड देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0