धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङको आयोजना र गजुरी गाउँपालिकाको व्यवस्थापनमा गजुरी गाउँपालिका–२ नं वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण अभियानको शुभारम्भ भएको छ।

आइतबार (२०७९ श्रावण २८) सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको अध्यक्षता तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा अभियानको औपचारिक सुरुवात गरिएको हो। कार्यक्रममार्फत आ.व. २०७९/०८० मा वडामा सञ्चालन भएको राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियानमार्फत संकलित विवरणका व्यक्तिहरूलाई कार्ड वितरण गरिएको हो।

जिल्ला प्रशासन कार्यालयका अनुसार, यस अभियानअन्तर्गत सबै वडामा कार्यतालिका बनाएर सूचना जारी गरी कार्ड वितरण गरिनेछ। तर, उक्त वितरण वडागत रूपमा हुने भएकाले सो अवधिमा वडाबाट विवरण संकलन गराएका व्यक्तिहरूको मात्र कार्ड सोही वडाबाट वितरण हुने स्पष्ट गरिएको छ।

“जिल्ला प्रशासन कार्यालय, धादिङमा फाराम भरेर फोटो खिचाएका व्यक्तिहरूको कार्ड वडाबाट वितरण नहुने भएकाले सम्बन्धितले यसबारे जानकारी राख्न आवश्यक छ।” रहेकाे जिल्ला प्रशासन कार्यलयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0