धादिङबेसी, साउन २७ — नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले मंगलबार २६औं स्थापना दिवस धादिङबेसीमा विविध कार्यक्रमसहित मनाएको छ। दिवसको अवसरमा “दिगो विकासमा पत्रकारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो।

नीलकण्ठ नगरपालिका–१२ को आर्थिक सहयोगमा आयोजित कार्यक्रममा वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले पत्रकारहरू विकास र परिवर्तनका संवाहक भएको बताउँदै विश्वसनीय र तथ्यपरक पत्रकारिताबाट सामाजिक रुपान्तरण सम्भव हुने धारणा व्यक्त गरे। उनले वडा कार्यालयमार्फत सेवा प्रवाह सहज बनाएको तथा शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणमा उल्लेखनीय काम भएको जानकारी दिए। साथै, सडक, निर्माण तथा सार्वजनिक सरोकारका विषयमा दमदार कलम चलाउन आग्रह गरे।

फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले संस्थाको स्थापना, उतारचढाव, मुद्दा र गतिविधिबारे जानकारी दिँदै पत्रकारको सीप अभिवृद्धिका लागि फोनिजले विभिन्न तालिम सञ्चालन गर्दै आएको बताए।

अन्तरक्रियामा सहभागी पत्रकारहरूले सत्य, तथ्य र निष्पक्षताका साथ अल्पकालीन तथा दीर्घकालीन दृष्टिकोणमा समाजलाई दिगो विकासतर्फ अघि बढाउन योगदान दिने प्रतिबद्धता जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0