-बाबुराम फ्युबा
हालै नेपालमा भाद्र २३ र २४ गते भएकोGen Z आन्दोलनले नेपालको व्यबस्थापिका, न्यायपालिका र कार्यपालिकालाई एकैपटक ध्वस्त पार्न सफल भएको थियो । जसले गर्दा तत्कालिन सरकार प्रमुख प्रधानमन्त्रीले आन्दोलन भएको २४ घण्टा नपुग्दै राजिनाम दिनु परेको थियो । जहाँ ६ दर्जन भन्दा बढी मानिसले ज्यान गुमाउनु परेको थियो र दर्जनौ सरकार र व्यक्तिगत भवनहरू जलेको थियो । तसर्थ यस्तो आन्दोलन कसरी भयो भन्ने कुरा विस्तारै खुल्दै जाने छ ।
त्यसमा सरकारी पक्षले नसोचेको हार व्यहोर्नु परेको छ । यसको सामाजिक र राजनीतिक परिवेशको आधार खोज्न थालेको छ । मुख्यतः यसलाई बर्षौदेखिको भ्रष्टचार युक्त शासन प्रणालीलाई मान्नु पर्दछ । जेन जी समुहले उठाएको आन्दोलनको मूख्य सवाल नै भ्रष्टचार मुक्त शासन प्रणालीको थियो । अर्को पक्ष भनेको राजनीतिक दलदेखि शासन प्रणालीमा बेवी बुम पुस्ता भन्दा अगाडीको पुस्ताको नियन्त्रणमा हुनु । जेन जी पुस्ताको मनोभावनालाई शासन प्रणालीमा सहभागी पुस्ताहरूले नजर अन्दाज गर्नुले नै ठुलो धनजनको क्षति हुन पुगेको छ ।
नेपालको सामाजिक र पारिवारीक संरचना हेर्दा कुनै पुस्ताले मात्रै गरेको आन्दोलन यति आक्रम र हिंसात्मक हुन्छ भन्ने परिकल्पना गर्न कठिन छ । पश्चिमी समाज जस्तो कानुनी रूपमा नै १८ बर्ष पुगेपछि स्वतन्त्र रूपमा बाँच्ने समाज बनि सकेको छैन । नेपाली समाज अझै संयुक्त परिवारमा आधारित छ । घरको अभिभावक बेरोजगार भए पुरै परिवारको समस्या हुन आउछ । विश्व भूमण्डलीकरणको कारण नेपाली समाजमा पुस्ता अन्तरको सोच विचार आवश्यकता जन्मिनु स्वभाविक हो तर नेपाली समाजमा हुनु पर्ने पुस्ता अन्तरको परिपकत्वमा ठुलो खाडल देखिन्छ । अहिले नेपालमा “Gen Z” भन्ने पुस्ता (जन्म सन् १९९७–२०१२/१३ को वरिपरिको पुस्ता) सामाजिक मिडिया, डिजिटल स्पेस र सडक आन्दोलनमा बढी सक्रिय देखिन्छ। उनीहरू भ्रष्टाचारविरुद्धको आन्दोलन शुरू गरेको देखिन्छ । तर पश्चिमी समाजका जेन जीहरू सामाजिक न्याय, लैङ्गिक समानता, वातावरणीय मुद्दा, रोजगारी दिगो विकास र सुशासन जस्ता विषयलाई प्राथमिकतामा राखेर आन्दोलन गर्दै आएका छन्। विशेष गरी TikTok, Facebook, Instagram, X (Twitter) मा यस पुस्ताले आफ्नो आवाज उठाउने, अभियान चलाउने र तत्कालै प्रतिकृया दिने संस्कृति बढाएको छ ।
समाजमा पुस्ता (जेनेरेशन) को धारणा कहिले र कुन शन्दर्भमा विकास भयो भन्ने बिषयले पनि ठुलो अर्थ राख्द छ । यस्तो अवधाराणाहरू समाजको आवश्यकताले विकास हुने गर्दछ । यो जेनेरेशन धारणा “Generation” एक समाजशास्त्रीय धारणा हो । जुन २०औँ शताब्दीको सुरुवाततिर प्रख्यात समाजशास्त्री Karl Mannheim (1923) को“The Problem of Generations”भन्ने लेखबाट औपचारिक रूपमा शैक्षिक बहसमा प्रवेश गरेको पाईन्छ ।त्यसपछि अमेरिकी सामाजिक अनुसन्धान (sociology र demography) मा युद्ध, आर्थिक संकट र प्रविधिको आधारमा पुस्ता छुट्याउने चलन बढ्यो।विशेष गरी अमेरिकामा “Baby Boomers” (1946–1964), Generation X (1965–1980), Millennials/Gen Y (1981–1996) रGen Z (1997–2012) जन्मिएकाहरूको उमेरगत विभाजनलाई लोकप्रिय बनाइयो । पछिल्ला वर्षहरूमाGen Alpha (2013-2025) को नाम पनि चलनमा आएको छ। त्यस्तै गरी Gen Beta (2025 पछि जन्मिएका) पुस्ता पनि चलनमा आएको छ ।त्यसैले “Generation” को धारणा १९२० को दशकतिर समाजशास्त्रीय बहसबाट सुरू भएको हो ।तर आज विश्वव्यापी रूपमा लोकप्रिय वर्गीकरण भने 20th century अमेरिकन demography बाट फैलिएको हो।
नेपाली समाजको शन्दर्भमा यी जेनेरेशनहरूको विकास क्रम र उनीहरूले भोगेका सामाजिक राजनीतिक अवस्था बारे बुझ्नु पनि उतिकै महत्वको विषय हुन सक्छ । यसलाई दुई तहमा राखेर बुझाएर सकिन्छ । एक विश्वव्यापी(अमेरिकाबाट सुरू भएको) जेनेरेशन अवधारणाको आधारभूत पृष्ठभूमिबाट र दुई नेपालमा यसको उपयुक्तता र विशेषता (कसरी मेल खान्छ, कसरी नखान सक्छ)।विश्वव्यापी जेनेरेशनहरूको सामान्य विभाजनलाई यसरी हेर्न सकिन्छ । सैलेन्ट जेनेरेशन जुन १९२८-१९४५ भित्र जन्मेको पुस्ता हो । जुन पुस्ताले दोस्रो विश्वयुध्द, कठोर राज्य अनुशासन, पारिवारीक-सामाजिक उच्च प्रतिबध्दता सहित सहनशीलताको सामाजिक राजनीतिक अभ्यासमा हुर्केको थिए । वेवी बुमर्स १९४६-१९६४ सम्मका पुस्ता हुन् । जसले विश्वयुध्द पछिको जन्म बृध्दिदर, औद्योगिकीकरण, राष्ट्र निर्माण र पेशाप्रगति समर्पण थिए ।१९६५-१९८० भित्र जन्मेका पुस्तालाई जेनेरेशन X भनिन्छ र यो पुस्ताले ठुलो आर्थिक र राजनीतिक संक्रमण काल, टेलिभिजन, आत्मनिर्भरता र व्यावहारिक सोचमा रहेका पुस्ता हुन् । मेलिनियम Y पुस्ता १८१-१९९६ भित्रका पुस्तालाई भनिन्छ र जसले ईन्टरनेट, मोबाईल, शिक्षा र रोजगारीको उच्च आकांक्षा बोकेको पुस्ता हो । जेन जी जो १९९७-२०१२ भित्रका पुस्ता पर्दछ र ऊनीहरू जन्मजात डिजिटल, सामाजिक सञ्जाल, विविधता र समानता खोज्ने र तुरुन्तै प्रतिकृया वा प्रतिफल चाहिने हुन्छ र जेन अल्फा २०१३-२०२४ भित्रका पुस्ता पर्दछ भने उनीहरू पूर्ण डिजिटल युगमा जन्मेका, एआई लगायत टेक्नोलोजीसँग प्रत्यक्ष हुर्केका पुस्ता हुन् ।
नेपाली समाजमा “generation” विभाजनलाई जस्ताको तस्तै प्रयोग गर्दा अलिपश्चिमी प्रभावबढी हुन्छ, तर केही आधारमा मेल खान्छ । Silent Generation (१९२८–१९४५)जन्मिएकापुस्ताले राणा शासन, 2007 सालको क्रान्ति देखेर समाजमा सहनशील, परम्परावादी, धर्म/गुठीप्रति नजिकहुनु पर्यो ।Baby Boomers (१९४६–१९६४) पुस्ताले २०१७ सालको परिवर्तनपछि जन्मिएका, शिक्षा विस्तार पाउन थाले।तर “baby boom” भन्ने अवस्था नेपालमा खासै आएन किनकि त्यस्तो आर्थिक/राजनीतिक स्थिरता थिएन।यो पुस्ता प्रजातन्त्र र विकास आदर्शप्रति समर्पित।Gen X (१९६५–१९८०) पुस्ता पञ्चायतकालमा हुर्केका, २०४६ को जनआन्दोलनमा सक्रिय,रेडियो–टेलिभिजन पुस्तार परम्परा र आधुनिकताबीच तालमेल गर्ने पुस्ता।Millennials (१९८१–१९९६) पुस्ता प्रजातन्त्र–संविधानसभा–गणतन्त्रको संक्रमणकाल देखेका, ठूलो संख्यामा वैदेशिक रोजगारीमा गएका, मोबाइल–इन्टरनेटसँग हुर्केका र बाल्यकाल परम्परागतअवस्थामा नै बिताएका पुस्ता हुन् ।Gen Z (१९९७–२०१२) पुस्ता डिजिटल–स्मार्टफोन जन्मजात, जेन जी आन्दोलन, सचेतना, सामाजिक मिडिया activism मा अगाडिर परम्परा भन्दा समानता, अधिकार, पारदर्शिता जस्ता मूल्यमा जोड दिने पुस्ता हुन् ।Gen Alpha (२०१३-२०२४) पुस्ता जो मोबाइल/ट्याब्लेट हातमै लिएर हुर्केकाहुन्छन् ।
नेपालमा जेनेरेशन अवधारणाको सामाजिक उपयुक्तता र सामाजिक बुझाईलाई पनि दुई प्रकारले बुझ्न सकिन्छ । प्रविधि प्रयोग, सामाजिक सोच, शिक्षा–रोजगारी, राजनीति–आन्दोलनमा पुस्तागत भिन्नता देखिन्छ।त्यसैले मिलेनियल्स र Gen Z को फरक सोच नेपालमै प्रष्ट देखिन्छ । जस्गतै Gen Z सडक आन्दोलनमा छिटो जाने रमिलेनियल्स पुस्ता रोजगारीका लागि विदेश जाने। त्यसतै नेपालमा पश्चिमी “baby boom” जस्तो घटनाले पुस्ता छुट्याएको पाईदैन।ग्रामीण/शहरी, जातीय/सांस्कृतिक विभाजन अझै गहिरो छ, जसले जेनेरेशनलाई मात्र आधार बनाएर बुझ्न कठिन बनाउँछ।नेपालमा पुस्ताको सोच बदल्ने प्रमुख कारण राजनीतिक अस्थिरतार वैदेशिक रोजगारी हो, जुन पश्चिमी वर्गीकरणसँग फरक छ। संक्षेपमा भन्ने हो भने “Generation” को अवधारणा नेपालमा शाब्दिक रूपमा जस्ताको तस्तै मिल्दैन, तर प्रविधि, राजनीति र सामाजिक चेतनाको आधारमा फरक–फरक पुस्ताको विशेषता बुझाउन भने उपयोगी हुन्छ ।
पश्चिमी र नेपाली समाजमा “जेनेरेशन” अवधारणाको तुलनात्मक विश्लेषण पनि गर्न सकिन्छ । जसमा केही सामाजिक संरचनात्मक भिनताहरू देख्न सकिन्छ । स्वतन्त्रताको उमेरलाई आधार मान्ने हो भने पश्चिमी समाजमा १८ वर्षपछि कानुनी-आर्थिक स्वतन्त्रता कायम छ । आफै बस्ने, पढ्ने काम गर्ने स्वतन्त्रता रहेको छ । तर नेपाली समाजम ३०-३५ वर्षसम्म पनि परिवारसँगै बस्ने, विवाह अभिभावकको सहमतिमा र सम्पत्ति पनि अभिभावककै नियन्त्रणमा हुन्छ । त्यस्तै पारिवारिक संरचनालाई हेर्ने हो भने पश्चिमी समाजमा एकल परिवार र व्यक्तिगत निर्णय हावी हुन्छ । नेपाली समाजमा संयुक्त परिवार र अभिभावकको निर्णय हावी हुन्छ । पुस्ता छुट्याउने आधार पनि पश्चिमी र नेपाली समाजमा फरक नै पाईन्छ । पश्चिमी समाजमा उमेर, जीवनशैली र स्वततन्त्रतालाई आधार मानेको पाइन्छ । नेपाली समाजमा राजनीतिक घटना क्रमहरूलाई (२००७, २०४६, २०६२-६३), प्रविधि र वैदेशिक रोजगारलाई पुस्ता अन्तरको आधार मान्न सकिन्छ । पुस्ता अन्तर पश्चिमी समाजमा स्पष्ट र खुला (बुबा आमासँग बिचार र जीवनशैलीमा ठुलो अन्तर) देखिन्छ भने नेपाली समाजमा सोचमा अन्तर भए पनि अभिभावककै दवाबमा हुछ । शिक्षा र रोजगारको आधारमा पश्चिमी समाजमा क्षमता अनुसारको काम पाउने हुँदा आत्मनिर्भर जीवनयापन हुन्छ तर नेपाली समाजमा पढाई पुरा भएर पनि बिदेश जान वा रोजगारको लागी अभिभावककै सहयोग चाहिने हुन्छ ।
सामाजिक र सांस्कृतिक दृष्टिकोणमा पश्चिमी समाज एकलवादी (आफ्नो जीवन-सोचमा स्वतन्त्रता) देखिन्छ भने नेपाली समाजमा सामुहिक भावनामा घर-परिवार र समाजको मूल्यमान्यता अनुसार चलने देखिन्छ । जेन जि कै अभियानलाई हेर्ने हो भने पनि पश्चिमी र नेपाली समाजको सवालहरूमा केही फरक देखिन्छ । पश्चिमीहरु मौसम परिवर्तन, लैङ्गिक समानता, अन्तराष्ट्रिय मानव अधिकार जस्ता सवालमा अगाडी बढि रहेको पाईन्छ । नेपाली जेन जी हरूको सवाल भ्रष्टचारविरूद्ध, रोजगारी, सुशासन र जातीय समानता देखिन्छ । प्रविधि प्रयोगलाई आधार मान्ने हो भने पश्चिमी समाज डिजिटल नेटिभ, वालककाल देखि नै कम्प्युटर, गेम्स र इन्टरनेटमा अभ्यास्ता देखिन्छ । तर नेपाली समाज डिजिटलमा हाम्फालेको (जेन एक्स र वाई रडियो टिभीबाट र जेन जी स्मार्टफोन र सामाजिक सञ्जालमा सिधा होमिन पुगेको पाईन्छ ।
निष्कर्षः पश्चिमी समाजमा Generation को विभाजन स्पष्ट रूपमा जीवनचरण र स्वतन्त्रताले छुट्याउँछ।नेपालीमा समाजमाGeneration को विभाजन राजनीतिक उथलपुथल, प्रविधिको प्रवेश, र परिवार–निर्भर जीवनशैलीले छुट्याउँछ।त्यसैले एउटैGen Zभए पनि, अमेरिकन Gen Z मौसम परिवर्तनको सवालमा अगाडि हुन्छ भने, नेपाली Gen Z भ्रष्टाचारविरुद्ध सडकमादेखिन्छ।
लेखक तामाङ त्रिकाेण खवर डटकमका काठमान्डाै संवाददाता तथा स्वतन्त्र विश्लेषक समेत हुनुहुन्छ ।






