धादिङ, असोज ७ ।
मुग्लिन–काठमाडौँ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सुक्खा पहिरो गएपछि बिहान ६:४५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार निरन्तर पहिरो खसिरहेकाले तत्काल पहिरो पन्छाउने काम गर्न सकिने अवस्था छैन। यस कारण दुवै तर्फको यातायात अवरुद्ध भएको हो।

प्रहरीले यात्रु र स्थानीयलाई सुरक्षित स्थानमा बस्न, लेन अनुशासन कायम गर्न तथा वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0