धादिङ । धादिङको रुबी भ्याली गाउँपालिकाले आफ्ना कार्यालय र मातहतका संस्थाहरूमा कार्यरत अस्थायी तथा करार सेवाका सबै कर्मचारीहरूको सेवा सम्झौता रद्ध गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेद्वारा जारी सूचनाअनुसार, नेपाल सरकारको निर्देशन अनुसार यो निर्णय कार्यान्वयनमा आएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र संख्या ११३ (मिति २०८२/०६/०८) र अर्थ मन्त्रालयको पत्र संख्या ११८ (मिति २०८२/०६/०७) काे निर्देशनकाे आधारमा गाउँपालिकाले सो निर्णय गरेको जनाएको छ ।

नेपाल सरकार (मन्त्रीपरिषद्) को मिति २०८२/०६/०५ को बैठकले संघ, प्रदेश र स्थानीय तहबाट स्वीकृत दरबन्दी बाहेक अस्थायी वा करार सेवामा कर्मचारी नियुक्ति गर्न नपाउने निर्णय गरेपछि गाउँपालिकाले सो निर्णय कार्यान्वयनमा ल्याएको हो ।

गाउँपालिकाको सूचनाअनुसार, गाउँ कार्यपालिकाको कार्यालय र मातहतका स्वास्थ्य संस्थामा कार्यरत अस्थायी नियुक्ति प्राप्त तथा दैनिक ज्यालादारीका कर्मचारीहरूको सेवा सम्झौता मिति २०८२/०७/०१ देखि रद्ध गरिएको छ ।

त्यसैगरी, पालिका अनुदान शिक्षक/शिक्षिका (सबै) र कराते प्रशिक्षक (सबै) को करार सेवा सम्झौता पनि मिति २०८२/०८/०१ देखि लागू हुने गरी रद्ध गरिएको सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0