काठमाडौं । जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका सुन तस्करीका आरोपित हर्कराज राई पक्राउ परेका छन् ।

भोजपुरको अरुण गाउँपालिका–४ का ५१ वर्षीय राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

राई ‘ब्रेक प्याड’ मार्फत तस्करी गरी ल्याइएका ६० किलो सुन प्रकरणमा संलग्न रहेकामा कारागार चलान भएका थिए । आन्दोलनको क्रममा उनी फरार भएका थिए ।

पक्राउ परेका राईलाई प्रहरीले पुनः केन्द्रीय कारागार सुन्धारामा पठाइएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0