धादिङ— नेपाल मगर सांस्कृतिक संघ धादिङको तेस्रो अधिवेशन शनिबार नीलकण्ठ नगरपालिका–८ रामकोट दरबारमा सम्पन्न भएको छ। अधिवेशनले टेक बहादुर लामीछाने मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।
मगर समुदायको भेषभूषा, भाषा, कला, संस्कार–संस्कृति संरक्षण, उत्थान तथा अनुसन्धान गर्ने उद्देश्यले नेपाल मगर सांस्कृतिक संघ क्रियाशील रहेको बताउँदै नेपाल मगर संघ धादिङका वरिष्ठ उपाध्यक्ष भोज बहादुर थापा मगरले अधिवेशनको महत्व उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेशका द्वितीय सचिव ईश्वर थापा मगर, नीलकण्ठ नगरपालिका–८ का वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, नेपाल मगर संघ धादिङका अध्यक्ष भीम बहादुर दर्लामी मगर, लाङ्घालि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राम बहादुर आले मगरलगायतको विशेष आतिथ्यता रहेको थियो।
नवनिर्वाचित १३ सदस्यीय कार्यसमिति यसप्रकार छन् :
अध्यक्ष: टेक बहादुर लामीछाने मगर
उपाध्यक्ष: पदम बहादुर आले मगर
सचिव: रोशनी मगर
सह–सचिव: ईरिशा पाटा मगर
कोषाध्यक्ष: विवश दर्लामी मगर
सह–कोषाध्यक्ष: खड्ग बहादुर थापा मगर
सदस्यहरू:
सन्देश थापा मगर
अप्सु राना मगर
जमुना राना मगर
राजकुमार राना मगर
थमकुमारी मगर
राजेश लामीछाने मगर
धन बहादुर थापा मगर
अधिवेशन सफलतापूर्वक सम्पन्नसँगै संघले आगामी दिनमा मगर समुदायको सांस्कृतिक पहिचान संरक्षण र प्रवर्द्धनका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।






