धादिङ, नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा देशभर प्रतिनिधि चयनका गतिविधि तीव्र बनेका छन्। सोही क्रममा धादिङमा पनि बिहीबार विभिन्न कोटाका लागि उम्मेदवारी दर्ता गर्ने काम सम्पन्न भएको छ।

धादिङ क्षेत्र नं. १ मा महिला, युवा तथा खुला कोटामा गरी ४७ जनाले उम्मेदवारी दिएका छन्। महिला ३ सिटका लागि १० जना, १ जना युवाका लागि १३ जना तथा ६ जना खुला सिटका लागि २४ जनाले दर्ता गरेका हुन्। उम्मेदवारी दर्ता गल्छी गाउँपालिका कमिटी कार्यालयमा गरिएको नेकपा एमाले धादिङकी जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो।

यस्तै, धादिङ क्षेत्र नं. २ का उम्मेदवारहरूले जिल्ला पार्टी कार्यालयमा नाम दर्ता गरेका छन्। खुला ४ सिटका लागि २३ जना, महिला २ सिटका लागि ८ जना र १ जना युवाका लागि १२ जनाले उम्मेदवारी दिएका जिल्ला पार्टी कार्यालयले जनाएको छ।

त्यसैगरी, जिल्ला–भरिबाट दलित कोटामा १ सिटका लागि ३ जनाले उम्मेदवारी दर्ता भएको एमाले जिल्ला सदस्य गीता खनालले बताउनुभयो।

समग्र रूपमा धादिङबाट १८ जना महाधिवेशन प्रतिनिधि चयनका लागि ९३ जनाको उम्मेदवारी परेको छ। प्रतिनिधि चयन मतदान वा आपसी सहमतिद्वारा गर्ने तयारी गरिएको र अन्तिम टुंगो शनिबारसम्म लाग्ने एमालेले जनाएको छ।

स्राेतः कन्दरा समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0