१३ मङ्सिर २०८२, मलेखु (धादिङ)।
लायन्स इन्टरनेशनल ३२५ आई अन्तर्गत एरिया ३, रिजन ५, जोन १२ का धादिङमा रहेका चारवटा क्लबहरूको संयुक्त जोन बैठक आज मलेखुस्थित एडभेन्चर रिसोर्टमा जोन चियर्स पर्सन कृष्ण प्रसाद ढकाल ‘शिशिर’को अध्यक्षतामा सम्पन्न भयो।

कार्यक्रमका प्रमुख अतिथि चिफ एडभाइजर लायन विष्णु प्रसाद भण्डारी, विशिष्ट अतिथि डिष्ट्रिक्ट चिफ लायन अनुज कुमार श्रेष्ठ, एरिया लिडर (३ नं.) लायन चक्र बहादुर न्यौपाने तथा रिजन चियर्स पर्सन (५ नं.) लायन कृष्ण बद्री पौडेल उपस्थित हुनु भयो।
त्यसैगरी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष लायन बद्री अधिकारी, सुर्यमुखीका उपाध्यक्ष लायन राजाराम रिजाल, धादिङ हाईटका अध्यक्ष लायन शालिग्राम तिमल्सिना, मण्डलीका अध्यक्ष लायन महेश रिजाल, सुर्यमुखीका द्वितीय उपाध्यक्ष लायन डा. दिनेश रेग्मीलगायतको विशेष आतिथ्यता रहेको थियो।

बैठककै दिन लायन्स क्लब अफ धादिङ हाईटको चार्टर दिवस भएकाले सो दिवस पनि उत्साहपूर्वक मनाइयो। यसै अवसरमा कार्यक्रमको होस्ट क्लबको जिम्मेवारी धादिङ हाईटले सम्हालेको थियो।

चारै क्लबले गत तीन महिनामा गरेका गतिविधि तथा आगामी तीन महिनाका योजनाहरू क्लब अध्यक्षहरूले प्रस्तुत गरे। आगामी दिनमा धादिङका सबै क्लबहरूले एकताबद्ध भएर सामूहिक सेवा कार्यक्रम सञ्चालन गर्ने सहमति व्यक्त गरिएको छ।
जोन चियर्स पर्सन ढकालले अतिथिहरूको सहभागिताप्रति धन्यवाद दिंदै धादिङमा आगामी दिनमा तेस्रो वा चौथो क्याबिनेट बैठक माग गर्ने निर्णयसमेत जोनका तर्फबाट गरिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0