धादिङबेसी,  ९  पुष २०८२  । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ७ निवासी प्राध्यापक डा. देवी प्रसाद अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।
रास्वपाको केन्द्रीय कार्यालयमा आज आयोजित विशेष कार्यक्रममा उहाँ पार्टीमा आबद्ध हुनुभएको हो। कार्यक्रममा पार्टीका उपसभापति डोल प्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटी लगायतका केन्द्रीय नेताहरूले डा. अधिकारीलाई औपचारिक रूपमा स्वागत गर्नुभयो।
स्वागत कार्यक्रममा रास्वपाका संगठन विभागका उप–प्रमुख बोध नारायण श्रेष्ठ तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्य कृष्णमान शाक्यको समेत उपस्थिति रहेको थियो।
शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका डा. अधिकारीको पार्टी प्रवेशले रास्वपाको संगठन थप सुदृढ हुने नेताहरूले विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0