धादिङ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको एकतापछि बनेको नेपाली कम्युनिष्ट पाटी (नेकपा) धादिङ प्रतिनिधिसभा क्षेत्र नं. २ बाट Gen-Z पुस्ताका शिशिर तामाङ प्रत्यक्षतर्फका बलिया दाबेदारका रूपमा चर्चामा आएका छन्।
रुवीभ्याली गाउँपालिका–४ बोराङका तामाङ पार्टी संगठन, विद्यार्थी आन्दोलन र सामाजिक अभियन्ताका रूपमा सक्रिय छन्। अखिल क्रान्तिकारीका जिल्ला सदस्य, निलकण्ठ बहुमुखी क्याम्पसका उपाध्यक्ष तथा युवा घेदुङका सचिवको भूमिकामा रहेर उनले नेतृत्व क्षमताको अभ्यास गरिसकेका छन्।
कृषि प्राविधिकका रूपमा गाउँमै व्यवसाय सञ्चालन गर्दै उनले स्वरोजगार, सीप उपयोग र उत्पादनमुखी राजनीतिलाई व्यवहारमै उतारेका छन्। शिक्षा, कृषि, युवा सशक्तीकरण र रोजगारी उनका मुख्य एजेन्डा हुन्, जसका कारण ग्रामीण भेगमा उनको सहज स्वीकार्यता बढ्दै गएको देखिन्छ।
क्षेत्रीय समितिले प्रत्यक्षतर्फको सिफारिस सूचीमा तामाङको नाम समेटेपछि पार्टीभित्र नयाँ ऊर्जा र अपेक्षा थपिएको छ। धादिङ–२ मा पुराना र नयाँ पुस्ताबीचको सहकार्यले आगामी राजनीतिक दिशामा नयाँ मोड ल्याउने संकेत देखिन थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0