धादिङ, १३ फागुन २०८२

धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ भैंसीगौडा मा भएको बस दुर्घटनाका घाइतेहरूको उद्धारमा उल्लेखनीय सहयोग पुर्‍याउनु भएका स्थानीय युवा अरुण थपलियालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार, काठमाडौंले सम्मान गरेको छ।

आज आयोजित एक कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट ले उहाँलाई खादा ओढाएर सम्मान गर्नुभएको हो।

बेनीघाट रोराङ गाउँपालिका–५ चरौंदी निवासी तथा र्‍याफ्टिङ व्यवसायी थपलियाले आफ्नै व्यक्तिगत र्‍याफ्ट प्रयोग गरी २४ जना घाइतेको उद्धार कार्यमा सुरक्षाकर्मीलाई सक्रिय सहयोग पुर्‍याउनुभएको थियो।

गत फागुन ११ गते साँझ पोखरा बाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सोमबार बिहान करिब १:३० बजे भैंसीगौडामा दुर्घटना हुँदा १९ जनाको दुःखद् निधन भएको थियो।

उद्धारमा अग्रसर भई मानवीयता प्रदर्शन गर्नु भएका अरुण थपलियाप्रति हार्दिक सम्मान व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0