धादिङ , गल्छी – २१ बैशाष , २०८३

नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषद् सदस्य, मिडिया सोसाइटी धादिङका अध्यक्ष तथा धादिङ न्यूज डटकमका प्रधानसम्पादक केशव अधिकारीलाई मातृशोक परेको छ। उहाँकी आमा ७० वर्षीया देउती कुमारी अधिकारीको आइतबार धादिङको गल्छी गाउँपालिका–६ बराहा डाँडास्थित निवासमा निधन भएको हो।

वि.सं. २०१३ चैत १८ गते जन्मिनुभएकी देउती कुमारीको बैशाख २० गते आइतबार दिउँसो ३ः३० बजे हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ। लामो समयदेखि दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित उहाँलाई अचानक हृदयघात भएपछि निधन भएको जनाइएको छ।

स्वर्गीय अधिकारीका चार छोरा र एक छोरी छन्। उहाँको पार्थिव शरीरको अन्त्येष्टि हिन्दु परम्पराअनुसार महेशदोभानमा गरिएको  छ । उहाँको निधनप्रति नेपाल पत्रकार महासंघ धादिङ, अनलाइन मिडिया सोसाइटी धादिङ,  तथा अन्य  संघ–संस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

पत्रकार केशव अधिकारी विगत २२ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0