वैशाख, ३१ ,२०८३
विश्वास सिलवाल

आदमघाट बजार क्षेत्रमा व्यवस्थित ‘जेब्रा क्रस’ नहुँदा स्थानीय बासिन्दा तथा पैदलयात्रीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत पर्ने यो बजार अत्यन्त व्यस्त बजारका रूपमा परिचित रहेको छ, जहाँ दिनहुँ हजारौं सवारीसाधन आवतजावत गर्ने गर्दछन्।

सडक फराकिलो तथा हाईवे भएकाले सवारीसाधनको गति पनि तीव्र हुने गरेको स्थानीयहरूको भनाइ छ। बजार क्षेत्रमा हालसम्म सुरक्षित रूपमा सडक वारपार गर्ने व्यवस्था नहुँदा विद्यार्थी, वृद्धवृद्धा, बालबालिका तथा सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको अवस्था छ। विशेषगरी विद्यालय आउने–जाने विद्यार्थीहरू ज्यानको जोखिम मोलेर सडक काट्न बाध्य भइरहेको स्थानीयले बताएका छन्।

स्थानीय व्यापारी तथा अभिभावकहरूले बजारको मुख्य भागमा तत्काल ‘जेब्रा क्रस’, ट्राफिक संकेत, चेतावनी बोर्ड तथा सवारी गति नियन्त्रणका उपाय लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। उनीहरूका अनुसार दुर्घटना हुनुअघि नै आवश्यक पूर्वतयारी र सुरक्षा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ।

स्थानीयवासीहरूले सडक विभाग, ट्राफिक प्रहरी तथा सम्बन्धित स्थानीय तहलाई बजार क्षेत्रको संवेदनशीलता बुझेर पैदलयात्रीको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0