धादिङ, जेठ ३१ — त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित नृसिंहधाममा सञ्चालन भइरहेको ऐतिहासिक पुरुषोत्तम महामहोत्सवमा सहभागी भएर घर फर्किने क्रममा एक बालकको खोलामा डुबेर मृत्यु भएको छ।

ज्वालामुखी गाउँपालिका–६ निवासी १४ वर्षीय रितिश सिंह ठकुरीको आँखुखोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार रितिश जेठ ३० गते नृसिंहधामबाट घर फर्किने क्रममा आँखुखोलामा हात धुने क्रममा चिप्लिएर खोलामा खसेका थिए। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उनको खोजी सुरु गरेको थियो।

पहिलो दिन खोजी गर्दा फेला नपरेपछि सशस्त्र प्रहरी बलको गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो। खोजी अभियानका क्रममा आज बिहान उनको शव घटनास्थलबाट करिब एक किलोमिटर तल आँखुखोलामा पानीमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाले परिवार तथा स्थानीयवासीलाई स्तब्ध बनाएको छ। प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0