बद्री पौडेल ,धादिङ, असार १० , २०८३

नेपाल औषधि व्यवसायी संघको ५३औँ स्थापना दिवसको अवसरमा  हिजो असार ९ गतेका दिन नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा धादिङले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरेको  रन्जित सिलवालले बताउनुभयो ।

संघको आयोजनामा धादिङ अस्पतालमा भर्ना भएका सुत्केरी आमा तथा विभिन्न वार्डमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। साथै, धादिङ अस्पताललाई सिलिङ फ्यान समेत हस्तान्तरण गरिएको संघले जनाएको छ।

कार्यक्रमको शुभारम्भ नेपाल औषधि व्यवसायी संघ धादिङका अध्यक्ष अशोक खनालले गरेका थिए। सो अवसरमा अध्यक्ष खनालले धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) लाई सिलिङ फ्यान हस्तान्तरण गरेका थिए।

स्थापना दिवसकै अवसरमा गजुरी अस्पतालमा उपचाररत सम्पूर्ण बिरामीहरूलाई पनि फलफूल वितरण गरिएको थियो।

कार्यक्रममा अस्पताल प्रशासन, चिकित्सक, नर्स तथा संघका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नवराज लम्साल, रञ्जित सिलवाल, रामबहादुर श्रेष्ठ, चमेली कप्री, सुदीप सिंह ठकुरी, माधव गुरुङ, विनोद श्रेष्ठ, राजकुमार श्रेष्ठ, गजुरी स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठ तथा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका उपकोषाध्यक्ष राजु अधिकारीलगायतको उपस्थिति रहेको थियो।

संघले स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको छ। सामाजिक सेवामूलक यस्ता कार्यक्रमले बिरामीहरूमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै स्वास्थ्य संस्थासँगको सहकार्यलाई थप मजबुत बनाउने विश्वास संघले व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0