भैरवी वचत तथा ऋण सहकारी संस्था लि. का शेयर सदस्यहरुलाई पुर्व नेतृत्व विकास तालिम संचालन भएको छ । नेफ्सकुनका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त तालिममा ३६ जनाको सहभागिता रहेको छ । प्रमुख अतिथी ढकालले तालिम सहभागिहरुलाई सम्बाोधन गर्दै सहकारी संचालकमा आउन चाहने व्यक्तिले आफ्नो स्वार्थ त्यागेर सामुहिक छलफल र निर्णयलाई स्वीकार गरेर सेवा भावले स्वयम् सेवा गर्नुपर्ने कुरा वताउनु भएको थियो । भैरवी वचत तथा ऋण सहकारी संस्था लि जिल्लामा प्रतिस्ठित सक्षम सस्थाको रुपमा स्थापित भईसकेकोले संस्थालाई थप सेवामुखी वनाउन पुनर्ताजकीकरण गर्ने उद्देश्यले तालिमको आयोजना भएकोले भाेलिका दिनमा वन्ने संचालक समिति पारर्दशिता सुसासनलाई ख्याल गर्ने हुने भएकोले सस्थाको अझ बढी उन्नति प्रगति हुने कुरामा आफु विश्वस्त रहेको भन्दै नेपाल वचत तथा ऋण केन्द्रिय संघ लि ( नेफ्सकुन) को साधारण सभा वोलाईएकोले नेफ्सकुनको गतिविधीलाई ओैल्याउनु पर्ने  र अव वन्ने नया संचालक समितिको अध्यक्षको दावेदार रहेको घोषणा गर्नु भयो ।

संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको तालिमको शुभारम्भको क्रममा प्रमुख अतिथि तथा सहभागिहरुलाई स्वागत गर्दै संस्थाको हालसम्मको प्रगति विवरण सुनाउनु भएको थियो । नेफ्सकुनका प्रतिनिधी सन्दिपराज ढकालले तालिममा प्रशिक्षकको रुपमा सहजीकरण गर्नु भएको थियो ।

भैरवी वचत तथा ऋण सहकारी संस्था लि को यहि २०८० मंसिर १६ गते २२ ओैं साधारणा हुन गईरहेको र नयाँ संचालक समिति समेत चयन गर्ने कार्यक्रम रहेकोले उम्मेदवार हुन पुर्व नेतृत्व विकास तालिम लिएका शेयर सदस्यहरुले मात्र पाउने व्यवस्था छ । भैरवी साकोषमा हाल २४५६ जना शेयर सदस्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0