शितल छहारी नेपाल धादिङले जाजरकोटको भुकम्प पिडित बालबालिकाहरुलाई सहयोगार्थ १०२ वटा ब्याग सहयोग गरेको छ ।

निजामती कर्मचारी युनियन, जाजरकोटका अध्यक्ष कृष्ण खत्रिकाे रोवहरमा बितरण गरिने गरि बिद्यार्थी बालबालिकाहरुको लागी उक्त सामाग्री पठाईएको हो शितल छहारी नेपाल धादिङका अध्यक्ष कृण्णबद्रि पाैडेलले जानकारी दिनुभयाे । निजामती कर्मचारी युनियनको केन्द्रिय सदस्य , नेपाल मानव अधिकार संगठन धादपङका काेषाध्यक्ष समेत रहेका पाैडेलले भुकम्पमा परेका जाजारकाेटका बालबालिकाहरूलाई  निजामती कर्मचारी युनियन मार्फत बितरण गरिने छ । ७८ हजार दुई सय बराबरको स्कुल ब्याग शितल छहारी नेपालले जाजरकोटका भुकम्प पिडित बालबालिकाहरुको लागी पठाएको छ ।

शिलत छहारी नेपालले धादिङमा समय समयमा बौद्धिक अपाङ्गता भएका बालबालिका,उनिहरु अध्ययनरत बिद्यालय लगाएत बिभिन्न बिद्यालयहरुमा बिभिन्न किसिमका सहयोग सामाग्रीहरु हस्तान्तरण गर्दै आएको छ ।

:- पाैडेल त्रिकाेण खवरका उपसम्पादक समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0