धादिङ जिल्लावासी मगरहरू द्वारा सञ्चालन गरेकाे लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्था लि काे छैटाै अधिवेशन तथा १६ अाै बार्षिक साधारण सभा सम्पन्न भएकाे छ । अधिवेशनले राम बहादुर आले मगरकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएकाे छ ।

लाङ्घाली बहुउद्देश्यीय सहकारी संस्थाकाे अध्यक्ष राजेन्द्र राना मगरकाे सभापतित्वमा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संस्थाका धादिङका अध्यक्ष  रामचन्द्र आचार्य प्रमुख आतिथ्यतामा सम्पन्न भयाे । संस्थाकाे छैटाै अधिवेशनवाट आगामी ४ बर्षकाे लागिकाे ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएकाे हाे।

संस्थाका पदाधिकारी सदस्यहरू
१. राम वहादुर आले मगर- अध्यक्ष
२.अमृता पाटा मगर – उपाध्यक्ष
३.भाेज बहादुर थापा मगर- सचिव
४.ईश्वर थापा मगर- सहसचिव
५.कल्पना थापा मगर- काेषाध्यक्ष
६.हरि थापा मगर- सदस्य
७.दुर्गा थापा मगर- सदस्य
८.उषा गापा मगर-सदस्य
9. सपना थापा मगर-सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0