कर्मचारी कल्याण बहुउदेश्यीय सहकारी संस्था लि. धादिङको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष परशुराम सुवेदीको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता तथा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य कृष्ण बहादुर पौडेलको बिशेष आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा संस्था सचिव पदमराज अधिकारीले साङ्ठनिक प्रगती प्रतिवेदन तथा कोषाध्यक्ष मित्रप्रसाद रिजालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन सर्वसहमत पारित गरिएको छ । कुल कारोबार १ करोड २६ लाख ९ हजार रहेको उक्त सहकारीमा ३५ जना महिला ,११९ पुरुष र ४८ निवृत कर्मचारीहरु गरि जम्मा १५४ जना शेयर सदस्य रहेका छन् । शेयर पुजी ११ लाख ८१ हजार ५ सय रहेको सहकारीले १ लाख २६ हजार नाफा गर्न सफल भएको छ ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन धादिङका अध्यक्ष प्रकाश सापकोटा,भुपु अध्यक्ष द्धय राममणी मिश्र र बालकृष्ण नेपाली लगाएतको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0