भैरवी वचत तथा ऋण सहकारी संस्था लि. नीलकण्ठ ३ धादिङको २२ ओैं साधारण सभा सम्पन्न भएको छ । धादिङ जिल्ला वचत संघका अध्यक्ष नवराज शर्माज्यूको प्रमुख आतित्थ्यतामा सम्पन्न सभामा स्थानिय सहकारीका प्रमुख तथा प्रतिनिधीज्यूहरुको आतित्थ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले धादिङमा सवैको मनमुटुमा बस्न सफल, सहकारी भन्नेवित्तिकै भैरवी भन्ने गरेको सुन्छौं । पछिल्लो समयमा सहकारी संचालकहरुले मनोमानीढंगबाट आर्थिक गतिविधी गरेको कारण संस्थाको बदनाम गर्ने काम भएको समाचारहरु सुनेका छौं, तर धादिङ जिल्लामा त्यस्तो समस्य छैन । शेयर सदस्यको आवस्यकतालाई मध्यनजर गरेर कार्यक्रम ल्याउँदा संस्थाको छवि सधै उच्च रहन्छ, जस्तै यस संस्थाले उदाहरणको लागि शेयर सदस्यको उपचारको लागि कोष स्थापना गरेर रकम प्रदान गरै आएको छ, हरेक गतिवधीलाई हेरदा प्रसम्सा गर्न योग्य रहेकोले निर्धक्क भएर आर्थिक कारोबार गर्न शेयर सदस्यहरुलाई सुझाव दिनु भयो ।
२४५६ जना शेयर सदस्य तथा ६०३ जना बाल वचत कर्ता रहेको संस्थाको कुल कारोबार २५,७७,२६,००१/- रहेको छ । कुल शेयर पुँजी ३,०२,१३,१००/- पुगेको छ, भने जम्मा ऋृण लगानी १६,७६,६५,९४२/ रहेको छ । यस आ.व. मा खर्च कटाई ८७,९५,७८२/- आम्दानी भएकोले प्रति शेयर ७.२७ % शेयर लाभाम्स वितरण गर्न सफल भएको हो । संस्थाका अध्यक्ष ईश्वरकुमार श्रेष्ठले प्रमुख अतितिथ, अतिथिहरु सवागत गर्दै संस्थाको बारेमा प्रष्ठ पार्दै सभालाई सम्बोधन गर्नु भएको थियो  । गत आव २०८९/८० मा नेपाल सरकार आन्तरिक राजश्व कार्यालय कर दाता सेवा कार्यालयबाट धादिङ जिल्लामा वैक तथा वित्तिय संस्थाहरु मध्य वढी कर तिर्ने संस्थाको रुपमा र धादिङ बचत तथा ऋण सहकारी संघ लि. बाट गत आवमा उत्कृष्ठ कारोबार गर्ने संस्थाको रुपमा सम्मान गरेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण शेयर सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सम्मान गर्ने निकायलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
२२ ओैं साधारण सभाबाट नयाँ कार्यसमिति समेत चयन गर्ने कार्यक्रम रहेकोले गणेश कुमार श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय संचालक समिति र कृष्णकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति आजै सर्व सम्मत चयन भएको छ । निर्विरोध निर्वाचित गराउन पहल तथा सहमति गर्नु हुने निः अध्यक्षज्यू, सम्पूर्ण शेयर सदसयज्यूहरु, संचालक समितिका साथीहरु सवैलाई आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्दछौं साथै निर्वाचन समिति विशेष धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विगतको तुलनामा चुनौतिहरु बढ्दै गएकोले सुझबुझका साथ संस्था संचालन गर्ने नवनिर्वाचित अध्यक्ष गणेशकुमार श्रेष्ठले व्यक्त गर्नु भयो ।
नवनिर्वाचित संचालक तथा लेखा सुपरिवेक्षणलाई बधाई तथा शुभकामना दिदै निर्वाचन समितिका संयोजक अधिवक्ता विष्णुकुमार श्रेष्ठ, सदस्य अधिवक्ता टंक कुमार श्रेष्ठ र सदस्य गोकर्ण दुवाडीले टिका र मालाले सम्मान गर्नु भएको थियो ।

संचालक समिति
१) अध्यक्ष : गणेश कुमार श्रेष्ठ
२) उपाध्यक्ष: शान्तविक्रम वानियाँ
३) उपाध्यक्ष: विनोदमान श्रेष्ठ
४) महासचिव: राजकुमार श्रेष्ठ
५) कोषाध्यक्ष: विष्णुलाल श्रेष्ठ
६) सचिव : सिताराम कोईराला
७) संचालक सदस्य: सीताकुमारी श्रेष्ठ
८) संचालक सदस्य: प्रेमनाथ सिलवाल
९) संचालक सदस्य: शान्ता तिमिल्सिना लम्साल
१०) संचालक सदस्य: नारायणदत्त काराखेति
११) संचालक सदस्य: चिनामायाँ श्रेष्ठ
१२) संचालक सदस्य: रीता अधिकारी
१३) संचालक सदस्य: कृष्णराज अधिकारी

१४) संचालक सदस्य: मीनबहादुर थापा
१५) संचालक सदस्य: भगवति पोखरेल

लेखा सुपरिवेक्षण समिति:
संयोजक: कृष्ण कुमार श्रेष्ठ
सदस्य: शिवराज सापकोटा
सदस्य: भक्तकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0