शुशिला बि. क धादिङ
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङले बेनिघाट रोराङको तिनकन्या बागेश्वरी आ.वि मा स्टेशनरी सामाग्री वितरण गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा लायन्स क्लाब अफ काठमाडौं जुपिटर र शितल छहारी नेपाल धादिङको सहयोगमा ३५ थान झोला, भलिबल २ वटा, स्किपिङ डाेरि २० थान लगायत स्टेशनरी सामाग्री वितरण गरेको छ । नेपाल मानव अधिकार जिल्ला शाखा धादिङका सभापति एवम् अधिवक्ता कृष्णराज अधिकारीको नेतृत्वमा, शितल छहारी नेपाल एवं संगठनका कोषाध्क्ष कृष्ण बद्री पौडेल, सचीव ईश्वर थापा मगर, सदस्य बालकृष्ण नेपालीले वितरण गर्नुभएको हो । संगठनका सभापति कृष्णराज अधिकारीले घरेलु हिंसा भनेको के हो ? घरेलु हिंसा भएमा मेलमिलाप केन्द्र, स्थानीय सरकार, स्थानीय न्यायीक समिती, नजिकको जिल्ला प्रहरी कार्यलय, जिल्ला अदालत र राष्ट्रिय महिला आयोगमा घटना घटेको ९० दिन भित्र उजुरी दिन सकिने भन्ने बारेमा प्रशिक्षण दिनुभएको छ । यदि घरेलु हिंसा भएमा तत्काल उजुरी दिन आग्रह गर्दै हिंसा गर्ने व्यक्तिलाई ३ हजार देखी २५ हजार सम्म जरिवाना वा ६ महिना सम्म कैद सजाय हुने पनि उहाँले बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक जंगबहादुर लोहनीले बालबालिकाहरुलाई स्टेशनरी समाग्री प्रदान गरेको धन्यवाद दिनुहुदै आगामी दिनमा पनि सहयोगको अपेक्षा लिएको बताउनु भएको छ । झोला र स्टेशनरी सामाग्री पाएकोमा विद्यार्थीहरु खुशी भएका छन् । आमा समुहका अध्यक्ष पवित्रा लोहनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संगठनका सभापति एवम् अधिवक्ता कृष्णराज अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।






