उज्वल धमला, ज्यामरूङ धादिङ

नाम मात्रैं होईन शंखादेवी तिमी
तिम्रो प्राकृतिक छवि पनि बिचित्रको छ।
दमैं चौंतारी,ज्यामरुङ दरबार तिम्रैं गर्भभित्र
तिम्रो नाम नैं पबित्र छ।
हिमाल हिउँले ढाकिएको देख्छौं।
अन्तरीमा लालीगुराँस फुलेर काफल पाकिरहेका छन् ।
मैले म पढेको स्कुल शंखादेवी मा जाँदा आज यो मन खुसीले हाँसिरहेछ।
डाँडाकाँडा हराभरा बनाईदिन्छौं तिमी।
अन्तरीमा काफल र ऐसेलु फलिदिन्छौं तिमी,
जलजले र अँधेरीको चिसो पानीले  सबको मनैं भुलाई दिन्छौं,तिमी।
हामी सबैं शंखादेविको भक्त भएर होला सायद
अब त शंखादेवि तिम्रो नाम सुन्दैंमा पनी गर्ब लाग्छ।
देख्छौं सुन्दरताले भरिएका ज्यामरुङको पाखा/पर्बत
आँफैंलाई प्राकृतिक को धनी भन्न मन लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0