धादिङ । नेकपा एमाले धादिङको अध्यक्षमा भूमि प्रसाद त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ३०९ मत ल्याई अध्यक्षमा बिजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्दी रामकुमार अधिकारीले २३८ मत अर्थात ७१ मत कम ल्याएका थिए ।

बिधुतिय मतदान मार्फत भएकाे निर्वाचनमा अर्जुन श्रेष्ठ गाेर्खाली ३१५ मतका साथ उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठ यस अधि पाटीकाे जिल्ला सचिव समेत हुन् । उनका निकटतम् प्रतिद्वन्दी रामकुमार आचार्यले भने २३२ मत लणयएका थिए ।
त्यसै गरि सचिव पदमा सबै भन्दा बढी मतान्तर भएकाे छ । सचिव पदमा राधिका सापकाेटाले ३३८ मत ल्याई विजयी भएका छन् ।उहाँका निकटतम् प्रतिद्वन्दी हरेराम लाेहनीले २०९ मत मात्र प्राप्त गरेका छन् ।

मत परिणामकाे विवरण यस प्रकार छ ।

अध्यक्षका उम्मेदवार
भुमि त्रिपाठी ३०९
राम कुमार अधिकारी २३८
उपाध्यक्ष
अर्जुन श्रेष्ठ ३१५
रामकुमार आचार्य २३२
सचिब
राधिका सापकोटा ३३८
हरेराम लोहनी २०९
महिला उप सचिब
उर्मिला रेग्मी ३५१
खुपी कुमारी तामाङ १९६
खुल्ला उपसचिव
भक्तबहादुर लामिछाने ३४८
काजी श्रेष्ठ १९९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0