धादिङ- गंगाजमुना गाउपालिका वडा नं १ निवासी  २१ बर्षिया जेनिभा तामाङकाे आज हेलिकप्टर मार्फत उद्वार गरिएकाे छ ।

सुरक्षित प्रसुतिका लागि स्थानिय ताजिम्राङ सामुदायिक स्वास्थ्य ईकाईमा ल्याईएका तामाङलाई प्रशब बेथामा जटिलता आएपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्वार गरि काठमान्डाै स्थित कान्ति बाल अस्पताल महाराजगन्ज पठाईएकाे गंगाजमुना गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक अधिकारीले त्रिकाेण खवर डटकमलाई जानकारी दिनुभयाे ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्रगत नेपाली सेनाकाे हेलिकप्टरबाट निशुल्क उद्वार गरिएकाे हाे । उक्त कार्यक्रम धादिङकाे रूबिभ्याली गाउपालिका, गंगाजमुना गाउपालिका र खनियावास गाउपालिकामा लागु गरिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0